भाइटीका लगाएर मन्त्री बडू नेतृत्वको टोली घरदैलोमा, आज महाकाली–३ मा भेटघाट

दार्चुला । प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडू भाइटीका थापेर चुनावी अभियान अन्तर्गत घरदैलोमा निस्किएका छन् । मन्त्री बडूले बहिनी बसन्ती जोशीको हातबाट टिका थापेर घरदैलो अभियानमा लागेका हुन् ।

बुधबार मन्त्री बडूले पुर्खौली गाउँ व्याँस गाउँपालिका–६ बडूगाउँ पुगेर घरदैलो गरेका थिए । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार मन्त्री बडू र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली काँग्रेसका महासमिति सदस्य विक्रम सिंह धामी लगायत नेता कार्यकर्ताको टोलीले आज महाकाली नगरपालिकाको वडा नम्बर ३ मालबेला, जायझुल र बाँजमा घरदैलो गरेको छ । उनीहरुलाई सो क्षेत्रका स्थानीयले गाउँमा फूलमालाले भव्य स्वागत गरेका छन् । मालबेला र जायझुल गाउँमा पुग्दा त्यँहाका स्थानीयहरुले गाउँमा सकड, सञ्चार लगायत समस्या रहेको गुनासो गरेको बताइएको छ ।

मन्त्री बडूले विकास र संबिधानको रक्षाका लागि आफुलाई जिताउन अनुरोध गर्नुभयो । स्थानीय तहमा धोका भएकोले अब त्यस्तो नहुने नेताहरुको भनाई छ । घरदैलो कार्यक्रममा उम्मेदवारहरु सँगै नेपाली काँग्रेस महासमिति सदस्य हरक विष्ट, नेपाली काँग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष हंसराज भट्ट, लोकतान्त्रिक बाम गठबन्धन प्रदेश सभा क्षेत्र नम्बर १ का प्रचारप्रसार समिति संयोजक मदन गिरी, नेकपा माओवादी केन्द्रका नेता खडक धामी, हरिश भट्टलगायतको उपस्थिति रहेको छ ।

यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार मानबहादुर धामी नेतृत्वको टोली प्रदेशसभा क्षेत्र नम्बर २ का विभिन्न गाउँबस्तीमा मतदातासंग भेटघाट गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?