एमाले नेता ठगुन्ना नेतृत्वको टोली शैल्यशिखर हुँदै लेकम पुग्यो, भोलि चौपातामा भेटघाट

दार्चुला । नेकपा एमालेको मूलप्रचार टोली शैल्यशिखर नगरपालिकामा विभिन्न वडा, गाउँबस्तीमा मतदातासंग भेटघाट गरेर लेकम गाउँपालिका प्रवेस गरेको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा १ का उम्मेदवार हरदेब जोशी लगायतको टोली लेकम गाउँपालिका वडा नम्बर ६ मा पुगेको बताइएको छ । विहिबार (आज) प्रतिनिधिसभा उम्मेदवार गणेश ठगुन्ना र प्रदेशसभा उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोलीले शैल्यशिखरको वडा नम्बर ९, ७ र ८ मा मतदातासंग भेटघाट गरेर लेकम प्रवेस गरेको नेकपा एमाले युवा नेता दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

यो वर्षको भाइटीका अर्थात तिहार मतदातासंगै मनाइएको उहाँको भनाई छ । नायलमा भएको भेटघाटका क्रममा नेकपा एमाले शैल्यशिखर नगरपालिका वडा नम्बर ९ प्रचार कमिटी संयोजक लक्ष्मणराज बिष्ट नेकपा एमालेमै फर्किनुभएको छ । केही दिन पहिले बिष्ट माओबादी प्रवेस गर्नुभएको थियो । एमाले नै राष्ट्रियता, विकास, समृद्धि र नागरिकको सामाजिक सुरक्षा गर्ने प्रमुख पार्टी भएको महसुस गर्दै आफु एमालेमै फर्किएको बिष्टले बताउनुभयो । उम्मेदवारहरुसंगै नेता कार्यकर्ताको टोलीले आज शैल्यशिखरको बोहोरीगाउँस्थित लटिनाथ बन्तोली मन्दिरमा पुगेर आर्शिवार्द ग्रहण गरेको र दिनभरी मतदातासंग भेटघाट गरेको नेकपा एमाले दार्चुलाले जनाएको छ । आज बन्तोलीमा रात्री जात्रा समेत लागिरहेको छ । आज झरकडामा भएको मतदाता भेटघाटको क्रममा नेकपा माओबादी केन्द्रका जिल्ला कमिटी सदस्य गौर सिंह धामी, नेपाली कांग्रेशका महेश सिंह पार्की र नरुवा कामीले नेकपा एमालेमा प्रवेस गरेको उनिहरुलाई उम्मेदवारद्धय गणेश ठगुन्ना र रामदत्त जोशीले टिका लगाएर पार्टीमा स्वागत गरेको बताइएको छ ।

दार्चुला जिल्लाको समग्र विकासका लागि आफुले काम गरेको र सुरु गरेका महत्तपूर्ण योजना सम्पन्न गर्नका लागि फेरी मतदान गरी विजयी गराइदिन ठगुन्नाको अनुरोध छ । एमालेको नीति र नेतृत्वमा मात्रै समग्र देशको विकास र समृद्धि सम्भव रहेको उहाँको भनाई छ । दार्चुलाको मिचिएको भूमि फिर्ताका लागि समेत एमाले सरकार आए मात्रै काम अघि बढ्ने उहाँले बताउनुभयो ।

शुक्रबार (भोलि) ठगुन्ना नेतृत्वको मूल प्रचार टोली लेकमको वडा नम्बर ६ हुँदै वडा नम्बर ५ मा भेटघाट गर्ने, दिउँसो रिठाचौपातामा कार्यकर्ता भेटघाट गर्ने र राती मैखोली बास बस्ने कार्यकतालिका रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ । नेता कार्यकर्ताहरु दिनरात विभिन्न गाउँबस्तीमा पुगेर मतदाता तथा जनतासंग भेटघाट गर्दै मत मागिरहेका छन् ।

सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ९ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?