दार्चुलाको अपिहिमालबाट गर्भवतीको उद्धार

दार्चुला । दार्चुलाबाट गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको अपी हिमाल गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीय गर्भवती निर्मला धामी बोहराको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

उहाँलाई प्रादेशिक अस्पताल सुर्खेत लगिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । व्यथा लागेकी धामी जिल्लाको खण्डेश्वरी स्वाथ्य चौकीमा सुत्केरी हुन नसकेपछि उद्धार गरिएको हो।

राष्ट्रपति महिला उथान कार्यक्रमबाट सेनाको हेलिकोप्टरले उनको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?