दार्चुला । दार्चुलाबाट धनगढी जादै गरेको जिप दुर्घटना भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको हो। सोमबार दार्चुलाबाट धनगढी जादै गरको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
जिपमा सवार पाँच जना घाइते भएका छन्। सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अविशेक ठकुन्ना, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएका हुन्।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया