दार्चुला । नेकपा माओवादी केन्द्र मार्मा गाउँ कमिटीका नेता मदन विष्ट, मदनबहादुर विष्ट, महानी विष्ट र महेश विष्टले आफुहरू नेकपा माओवादी केन्द्रमै रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । हिजो नेकपा माओवादीका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर गणेशसिह विष्ट लगायतको टोली नेकपा एमालेमा प्रवेश गरेकाे एमाले जिल्ला कमिटी मार्फत जानकारी आएको थियो । नेकपा एमाले मार्मा गाउँ कमिटीले थालेको घरदैलो अभियानको क्रममा विष्ट एमाले प्रवेश गरेकाे पुष्टि भएको छ । तर गणेश बिष्ट बाहेकका चार जनाले माओवादीमै रहेको विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
अर्कै प्रयोजनका लागि फोटो खिचेर पार्टी प्रवेस भन्दै अफवाह फैलाएको उनिहरूको भनाइ छ । चारैजना नेकपा माओवादी पार्टी र आन्दोलनसंग आवद्ध रहेको र एमाले पार्टी प्रवेश भनेर फैलाइएको हल्ला झुटो भएको विज्ञप्तिमा उल्लेख छ । 
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया