एमाले अध्यक्ष ओली भोलि दार्चुला आउदै (यस्तो छ तयारी)

दार्चुला । नेकपा एमालेका केन्द्रीय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कार्तिक १८ गते भोलि दार्चुला आउने भएपछि तयारी तिव्र पारिएको छ । सदरमुकाम खलंगास्थित खुल्ला मञ्चमा हुने विशाल आमसभाको तयारी अन्तिम चरणमा पुगेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

आमसभाको लागि मञ्च व्यवस्थापन, रंगरोगन लगगायत काम गरिएको उहाँले बताउनुभयो । खलंगा बजारभरी एमालेका पोष्टर, व्यानर लगायत प्रचार सामाग्री टाँसिएका छन् । आमसभामा सहभागि हुन कार्यकर्तासंगै आम जनताहरु खलंगा भित्रिने क्रम सुरु भएको छ । हजारौँ मानिसको उपस्थितिमा आमसभा आयोजना गर्ने गरी तयारी भइरहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

एमालेको देशव्यापी चुनावी अभियानको सुरुवात दार्चुलाबाट हुन लागेकोले विशेष महत्तका साथ हेरिएको छ । ओली भोलि खलंगामा आमसभा सम्बोधन गरेपश्चात दिउँसो बैतडीको पाटन हुँदै कञ्चनपुर पुगेर आमसभा सम्बोधन गर्ने तयारी रहेको छ । खलंगाको भेलामा १० हजार मानिस उतार्ने गरी तयारी भइरहेको एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । ओलीको हातबाट टिका लगाएर धेरै मानिस एमाले प्रवेस गर्ने तयारीमा रहेको बताइएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?