दार्चुलामा दुई किलोग्राम चरेश बरामद, एक पुरुष पक्राउ

दार्चुला । दार्चुलामा दुई किलोग्राम लागुऔषध चरेशसहित एक जना पुरुष पक्राउ परेका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ लुम्थि बस्ने ४४ वर्षीय दानसिंह धामीको साथबाट झण्डै दुई किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो ।

मार्माबाट गोकुलेश्वरतर्फ आउदै गरेको से १ ज ६१८ नम्बरको जीपमा सवार धामीको साथबाट लागुऔषध चरेश बरामद गरिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?