दार्चुला । लोकतान्त्रिक बाम गठबन्धनको मूल प्रचारप्रसार टोली अपिहिमाल गाउँपालिकामा मतदाता भेटघाट गरिरहेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एबं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी नेतृत्वको प्रचार टोली अपिहिमाल गाउँपालिकामा गाउँबस्ती भेटघाट गरिरहेको हो ।
विहिबार (आज) मन्त्री द्धयको टोलीले अपिहिमाल गाउँपालिका वडा नम्बर २ घुसामा भेटघाट गरेर अपिहिमाल गाउँपालिका वडा नम्बर १ सितिमा बास बस्ने कार्यक्रम रहेको प्रचार टोलीमा सहभागि लोकतान्त्रिक बाम गठबन्धनका अपिहिमाल गाउँकमिटी सहसंयोजक सोभानसिंह लोथ्यालले जानकारी दिनुभयो । आज घुसामा भएको भेटघाटका क्रममा स्थानीयले गठबन्धनको टोलीलाई भव्य स्वागत बताइएको छ । उहाँका अनुसार भोलि अपिहिमाल गाउँपालिका वडा नम्बर ४ सल्लेधारमा आमभेलाको आयोजना गरिएको छ ।
मन्त्री बडूको प्रमुख आतिथ्यता र मन्त्री धामीको विशिष्ट आतिथ्यतामा आयोजित आमसभामा मनोज धामी, पुष्पा बोहरा र दिपा रोकायाको समेत बिशेष प्रस्तुती रहने बाम लोकतान्त्रिक गठबन्धनले जनाएको छ । भेलामा सहभागिताका लागि सबै अपिहिमाल गाउँपालिकाबासीमा अनुरोध गरिएको लोथ्यालले बताउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया