चुनावीसभा सम्बोधन गर्न देउवा र प्रचण्ड गोकुलेश्वर आउदै

दार्चुला । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुलाको गोकुलेश्वर आउने भएका छन् । देउवा र प्रचण्ड हेलिकोप्टरमार्फत कात्तिक २३ गते शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर आउने कार्यक्रम रहेको बताइएको छ ।

गोकुलेश्वरमा कात्तिक २३ गते बिहान ११ बजे आमसभा हुने लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाले जनाएको छ । प्रधानमन्त्री देउवा र पुर्वप्रधानमन्त्री प्रचण्ड दार्चुला आउने भएसंगै नेता, कार्यकर्ता उत्साहित भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?