कांग्रेसले जितेमात्रै विकास हुने मन्त्री बडूको भनाई, तिर्थस्थल बनाउने धामीको प्रतिवद्धता

दार्चुला । प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम सिह धामीको टोली चुनावी प्रचारप्रसारका क्रममा मालिकार्जुन गाउँपालिका हुँदै लेकम गाउँपालिका वडा नम्बर ३ लाली पुगेको छ । शुक्रबार आज बडू नेतृत्वको मूल प्रचारप्रसार टोलीले लेकम गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा भेटघाट गरेको बताइएको छ । आजै राती बडू नेतृत्वको टोली लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली पुग्ने कार्यक्रम रहेको थियो ।

लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट साझा उम्मेदवारहरु गाउँबस्ती पुग्दा त्यहाँका जनताले विभिन्न आशा लिनुका साथै गुनासा पनि पोखेको बताएका छन् । मुख्यगरी अहिलेसम्म लेकमको सबै क्षेत्रमा सडक विस्तार नहुनु, भएको कच्ची सडक पनि कालोपत्रे नहुनु, महाकाली तटीय क्षेत्रका समस्या स्थानीयले उम्मेदवारलाई सुनाउँदै सम्बोधन हुने भए मात्रै भोट दिने बताएका छन् । जनता भेटघाट तथा चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उद्योग मन्त्री बडूले लेकम क्षेत्र विकासमा धेरै पछाडी रहेको बताउँदै विकासका लागि काँग्रेसले जित्नुपर्ने बताउनुभयो ।

उहाँले महाकाली तटीय क्षेत्रका मालिकार्जुन र लेकमका जनतालाई सडक कालोपत्रे गरिनुका साथै महाकाली नदीले क्षति गर्ने ठाउँमा पक्की तटबन्ध गरिने आश्वासन दिनुभयो ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले आफ्नो उम्मेदवारी निस्वार्थ जनताको सेवाका निम्ति भएकाले देव भूमि दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक एवं पर्यटकिय तीर्थस्थल बनाइ समृद्ध दार्चुला बनाउन दत्तचित्त भएका काम गर्ने बताउनुभयो ।

भेटघाट कार्यक्रम निरन्तर जारी रहेको नेताहरुले बताएका छन् । गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवारले पनि आफ्नो निर्वाचन क्षेत्रको विभिन्न गाउँबस्तीमा भेटघाट कार्यक्रम गर्दै मत मागिरहेको लोकतान्त्रिक बाम गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?