दार्चुला । नेकपा एमालेले दार्चुलाको विकासको लागि नौँ बुदे अपिल जारी गरेको छ । कालापानी भूमिमा नेपालको स्वाभिमान कायम गर्नेदेखि तिंकरसम्म तीन वर्षभित्र सडक पु¥याउने गरी अपिल जारी गरेको हो । दार्चुलाको विकासको लागि एमालेको विकल्प नभएको भन्दै एमालेले विकासको लागि सूर्यमा मतदान गर्न जिल्लाबसीमा अपिल जारी गरेको हो । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशी, प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी, समानुपातिक उम्मेदवार दीपा बुढाथोकीद्धारा जारी अपिलमा सुशासनसहितको समावेशीता र विकास निर्माणको लागि एमालेको विकल्प नभएको उल्लेख छ ।
कालापानी लिपुलेक र लिम्पियाधुरासहितको करिब ४ सय बर्ग किलोमिटर भूमि नक्सामा सामेल एमालेको सरकारले गरेको भन्दै भूमिमा स्वामित्व लिन एमालेलाई मतदान गर्न भनिएको छ । सामरिक महत्वको दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको एमालेले आगामी तीन वर्षभित्र तिंकर नाकासम्म सडक पु¥याउने जनाएको छ । महाकाली करिडोरमा ३ अर्व ३० करोड रुपैयाँको लागतमा सडकको बहुवर्षीय ठेब्का कालोपत्रे काम अघि बढेको भन्दै यसको पूरा गरिने अपिलमा भनिएको छ । खलंगा–खार–देथला सडक र पारिबगर खण्डेश्वरी सडक रणनीतिक सडकमा सामेल भई कालोपत्रे काम अघि बढेको भन्दै यसको पूरा गरिने जनाइएको छ । दु्रतगतिमा निर्माण भइरहेका ग्रामीण सडक निर्माण पूरा गर्न र नयाँ ग्रामीण सडक सञ्चालन गर्ने भनिएको छ । दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल निर्माणको लागि ५२ करोड रुपैयाँ लागतमा बहुवर्षीय ठेक्का निर्माणको कामअघि बढेको छ । भने ९६ करोड लागतमा जिल्लाभरी विद्युतीकरण आयोजना सुरु भएको छ । आगामी दुई वर्षभित्र सबै घरधुरीमा विद्यूत पुर्याउने एमालेले जनाएको छ । सुख्खाग्रस्त क्षेत्र लेकमको कुणी कुसकाडामा निर्माण सुरु गरिएको २५ करोड लागतको चमेलिया लिफ्टीङ खानेपानी योजना निर्माण गरेर एक घर एक धारा पुर्याउने एमालेले जनाएको छ ।
जिल्लामा निर्माण भइरहेको ५० सैययाको अस्पताल निर्माण पूरा गर्नुको साथै रिठाचौपाता, लटिनाथ, खण्डेश्वरी, शंकरपुर, जामिर, हुती र धारीमा निर्माण भइरहेको अस्पतालको काम सम्पन्न गर्ने एमालेले अपिलमा उल्लेख गरेको छ ।
दार्चुलाका आंगिक हुन बाँकी रहेका शंकरपुर, लटिनाथ, लाली, हुती र दत्तु क्याम्पसलाई आंगिक क्याम्पस बनाइने अपिलमा भनिएको छ ।
लटिनाथ र मकरीगाडमा चुनावीसभा
नेकपा एमालेले शनिबार अपिहिमालको मकरीगाड र मार्माको लटिनाथमा चुनावी आमसभा हुने भएको छ । राष्ट्रिय कलाकारको उपस्थितिमा एमालेले चुनावी सभा गर्न लागेको हो । चुनावीसभामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । पहिलो चरणमा घरदैलो भेटघाट गरेको एमालेले दोस्रो चरणमा आमसभा गर्न लागेको हो ।
एमालेको प्रतिनिधिसभा उम्मेदवार नेतृत्वको टोलीले शुक्रबार मालिकार्जुन, शैल्यशिखर क्षेत्रमा घरदैलो गरेको छ । सो क्रममा पनेबाजमा भएको कार्यक्रममा नेपाली काग्रेस परित्याग गरी भागादेवी धामी, मधुरा धामी, शेरसिह धामी, उमेशसिह धामी, हर्कराम लावड, रोजिता धामी, रेवती धामी, विष्णुदत्त विष्ट, धर्म रावल र माओवादी केन्द्रका गोपालसिह धामीले नेकपा एमाले प्रवेश गरेको बडालले जानकारी दिनुभयो ।
यसैबिच विहिबार लेकम र मालिकार्जुनमा ४१ जना पार्टी प्रवेस गराएको एमालेले शैल्यशिखरको वडा नम्बर १ मा समेत २२ जनाले एमालेमा प्रवेस गरेको दाबी गरेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर १ को चुनावी अभियानका क्रममा नेपाली कांग्रेश र माओबादी केन्द्र परित्याग गरी २२ जना एमालेमा प्रवेस गरेको एमाले जिल्ला कमिटी सदस्य कर्णबहादुर खडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रवेस गर्नेमा कांग्रेश जिल्ला प्रतिनिधि पदमराज भट्ट, राजेन्द्र प्रसाद भट्ट, माओबादी केन्द्रका रामदत्त भट्ट, शेरे महर, गौरीलाल महर, लक्ष्मण महर, मोतिराम महर लगायत रहेका छन् ।
उम्मेदवारमाथि आक्रमण गरेको भएको भन्दै एमालेद्धार भत्र्सना
नेकपा एमालले निर्वाचन प्रचारप्रसार गरिरहेको अवस्थामा अपिहिमाल गाउँपालिका–५ ओखलमा प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि आक्रमण गरेको भन्दै एमालेले भत्र्सना गरेको छ । प्रचारप्रसारमा रहेको उम्मेदवार जोशीमाथि गठबन्धनका कार्यकर्ताले ज्यान लिने गरी घटना गराएको भन्दै एमालेले भत्र्सना गरेको हो । घट्नामा परि एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय विरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का २५ वर्षीय सुरेश वादी घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि धनगढी पठाइएको छ । नेकपा एमालेबाट प्रदेशसभा २ का उम्मेदवार रहनु भएका रामदत्त जोशीले अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्किने क्रममा मदक पदार्थ सेवन गरेका गठबन्धनका कार्यकर्ताले प्रचारप्रसारमा अवरोध गरी सुनियोजि रुपमा आफूमाथि आक्रमण गरेको बताउनुभयो ।
नेकपा एमाले दार्चुला र नेकपा एमाले शैल्यशिखर नगर कमिटील विज्ञप्तीजारी गर्दै चुनावको समयमा उम्मेदवारमाथि हुने घट्ना नदोहोर्याउन चेतावनी दिएको छ । अहिले गठबन्धन हारको मानसिकताबाट एमाले उम्मेदवारमाथि आक्रमण उत्रिएको विज्ञप्तिमार्फत जनाएको छ ।
गठबन्धनका नेता एबं माओबादी केन्द्रका मार्मा गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर बिष्टले भने एमाले कार्यकर्ताहरुले गठबन्धनका कार्यक्रताहरुमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरिएको प्रतिक्रिया दिनुभएको छ । आज दुबै पक्षबिच लटिनाथ प्रहरी कार्यालयमा छलफल भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया