यो विशेष चुनाव हो, केपी ओली समुहलाई भोट माग्ने नैतिक अधिकार छैनः मन्त्री बडू

दार्चुला । लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले केपी ओली समुहलाई भोट माग्ने नैतिक अधिकार नरहेको बताउनुभएको छ । मतदाता भेटघाटका क्रममा लेकम गाउँपालिकाको रिठाचौपातामा आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालको संबिधान २०७२ जारी भएपछिको दोस्रो चुनाव विशेष रुपमा भइरहेको बताउनुभयो ।

०७४ सालमा एमाले र माओबादीबिच गठबन्धन हुँदा जनताले दुई तिहाइ मत दिएको बताउदै उहाँले केपी ओलीले संबिधान समाप्त पार्न खोजेपछि अहिलेको गठबन्धन बनाउनुपरेको धारणा राख्नुभयो । धेरै ठूलो संघर्षपछि बनेको संबिधानको रक्षाका लागि गठबन्धन बनेको बताउदै उहाँले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो । संबिधान बचे विकासका कुरा गर्न सकिन्छ, मन्त्री बडूले भन्नुभयो, सबैभन्दा पहिले संबिधान बचाउनु महत्तपूर्ण कुरा हो ।

यस्तै उक्त कोणसभामा प्रदेशसभा उम्मेदवार बिक्रमसिंह धामीले दार्चुलालाई तिर्थस्थल बनाउन गठबन्धनका उम्मेदवार जित्नु आवश्यक रहेकोमा जोड दिनुभएको छ । गठबन्धनकोतर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार धामीको प्रचार टोली चुनावी प्रचारप्रसारका क्रममा लेकम गाउँपालिकाबाट मालिकार्जुन हुँदै खलंगा फर्किएको छ । सबै कार्यकर्ता र मतदाता भेट्ने समय नभएकोले सबैले आआफ्नो ठाउँबाट सक्रियतापुर्वक खटिएर विजय हासिल गर्नुपर्ने अवस्था रहेकोमा उम्मेदवारहरुले जोड दिएका छन् ।

भेटघाट कार्यक्रम निरन्तर जारी रहेको नेताहरुले बताएका छन् । गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार मानबहादुर धामीले पनि मार्मा क्षेत्रको विभिन्न गाउँबस्तीमा भेटघाट कार्यक्रम गर्दै मत मागिरहेको लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?