घरदैलो अभियानमा एमाले उम्मेदवार, शैल्यशिखर र मालिकार्जुनमा पार्टी प्रवेश गर्नेको लहर

दार्चुला । नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशी, प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी र प्रदेश समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली घरदैलो अभियानमा छन् । उम्मेदवारहरु नौँ वटै पालिकामा चुनावी आमसभा सके लगत्तै घरदैलो अभियानमा जुटेका हुन् । एमालेको मूल प्रचार टोली मंगलबार महाकाली नगरपालिका पुगेको छ । टोलीले बुधबार महाकाली नगरपालिका वडा नम्बर १ को छापरीमा कार्यक्रम गर्ने नेकपा एमालेले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आउन ५ दिन बाँकि रहदा दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा आमसभा तथा अगुवा कार्यकर्ता भेला कार्यक्रमहरु भईरहेका बताइएको छ । चुनावी अभियानको क्रममा जिल्लाभरीबाट प्रवेश गर्नेको समेत लहर चलेको एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । उहाँका अनुसार घरदैलो अभियानको क्रममा मंगलबार (आज) मात्रै शैल्यशिखरमा २७ र मालिकार्जुनमा ७ जना गरी ३४ जनाले एमालेमा प्रवेस गरेका छन् ।

प्रवेश गर्नेहरुमा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा भएको कार्यक्रममा कांग्रेश नगर समिति सहसचिव डम्मरसिह ठगुन्नाको नेतृत्वमा मोहनसिह ठगुन्ना, दम्पत्ती ठगुन्ना, मंगली ठगुन्ना, सीता ठगुन्ना, धौलसिह ठगुन्ना, नरेशसिह ठगुन्ना, बेलमति ठगुन्ना, मञ्जु ठगुन्ना, सुशिल ऐरी, खेमराज भट्ट, राम भट्ट, प्रकाश भट्ट, मनोज भट्ट, नन्दा भट्ट, गंगा भट्ट, राजेन्द्र भट्ट, गौमति भट्ट, पुष्पा भट्ट, धनीराम बोहरा, कलावती बोहरा, कलशी बोहरा, जयसिह बोहरा, पुर्णेश बोहरा, रघुबीर भट्ट, कृष्ण भट्ट र धनजीत बोहरा रहेका छन् । नवप्रवेसीहरुलाई एमाले शैल्यशिखर नगरकमिटी इन्चार्ज विजयसिंह धामीले पार्टीमा स्वागत गरेको युवा संघ दार्चुलाका नेता इन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ को सान्नचोरीमा आयोजित कोणसभामा नेपाली कांग्रेश परित्याग गरी साबित्रि देबी चन्द, धाना देबी चन्द, रेखा देबी चन्द, गंगादेबी चन्द, सुर्जीदेबी चन्द, मोहन चन्द र कलावती देबी चन्दले एमालेमा प्रवेस गरेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य मोहनसिंह धामीले जानकारी दिनुभयो । मंसिर १ गतेदेखि मौन अवधि सुरु हुने भएकोले उम्मेदवारहरुसंगै नेता कार्यकर्ता समेत यतिबेला गाउँगाउँमा पुगेर मतदाता भेट्दै मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?