निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रतर्फ हिडे कर्मचारी र सुरक्षाकर्मी, दार्चुला १४३ केन्द्र

दार्चुला । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिडेका छन् । सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवारदेखि निर्वाचन सामग्री बुझेर हिँडेका हुन् । जिल्लाको अति विकट अपिहिमाल, व्यास र लेकम गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु बुधवार नै खलंगाबाट हिंडेका थिए । यातायातको पहुँच भएका र नजिकका केन्द्रहरुमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समेत आज सम्बन्धित मतदान केन्द्रमा गइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।

खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारीले निर्वाचन सामग्री हस्तान्तरण गर्नुभएको छ । दुर्गम भेगका मतदान केन्द्रमा खटिएका कर्मचारी लगायतको टोलीले मङ्गलबार र बुधवार निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिडेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । मङ्सिर १ गते साँझसम्म पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर गुर्जातर्फ लागेको निर्वाचन अधिकृत भट्टले बताउनुभयो । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् ।

मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँस लगायतका निर्वाचनसँग सम्बन्धित कामहरु गर्नुपर्ने बताइएको छ । नजिकका मतदान अधिकृत र कर्मचारीहरु भने विहिबार दार्चुला सदरमुकाम खलंगाबाट हिडेको धुलिगाडाका मतदान अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नौँ वटै पालिकाका गरी दार्चुलामा ८९ हजार एक सय ५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । निर्वाचनको तयारी तिब्रताका साथ भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?