भारतसंगका सबै सीमानाका बन्द, स्थिर समय सुरु

दार्चुला । भारतसँग जोडिएका दार्चुलाका सीमानाका मंसिर १ गते राती १२ बजेदेखि तीन दिन बन्द हुने भएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ७२ घण्टा सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । अन्तराष्ट्रिय कानुन अनुसार ७२ घण्टा सबै सीमा नाका बन्द गर्न लागिएको उहाँले बताउनुभयो । दार्चुलाको लाली, उकु, जोलजिवि, दत्तु, खलंगा, तिकंम, बडूगाउँ, सीतापुल लगायत सबै सीमा पुल अब निर्वाचन सम्पन्न भएपछि मंसिर ५ गते विहानदेखि मात्रै खुल्नेछन् । देशभरका सबै अन्तराष्टिय सीमा नाका तीन दिनका लागि बन्द भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दार्चुलासंग सीमा जोडिएका नाका बन्द रहने बताइएको छ । यसैबिच सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुने बताइएको छ । यद्धपी अधिकासं विद्यालय यसअघि नै बन्द भइसकेका छन् ।

स्थिर समयमा प्रचारप्रसार गर्न नपाइने
आसन्न निर्वाचनअघि ४८ घण्टाको ‘स्थिर समय’ मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । मंसिर १ गते आज राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको छ ।
‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रभित्र क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान समेत निषेध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?