भोट खसाल्न गाउँ फर्किनेहरुको लर्को, चुनावका दिन सार्वजनिक सवारी साधन नचल्ने

दार्चुला । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गते आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । दार्चुलामा प्रतक्षतर्फ प्रदेशसभामा ९ र प्रतिनिधिसभामा ९ गरी १९ जना चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारहरुलाई भोट खसाल्न भनेर सहरबाट गाउँ फर्किनेको लर्को लागेको छ ।

सरकारले मंसिर ५ गतेसम्म बिदा दिएसँगै सहर छाड्नेको संख्या उल्लेख्य छ । चुनावका दिन गाडी चलाउन नपाउने भएसँगै मानिसहरू हिजो आजदेखि नै सहर छाडिरहेका बताइएको छ । काठमाण्डौँ, कैलाली, कञ्चनपुरबाट दार्चुला आउन चाहाने मतदाताहरु स्वस्फुर्त रुपमा समेत मत हाल्न गाउँ आइरहेका छन् । आफु निकटका मतदाताहरुलाई राजनीतिक दल र उम्मेदवारले गाडी रिजर्ब (बुक) गरेर समेत गाउँ फर्कारहेका छन् ।

भोलिसम्ममा जिल्ला बाहिर रहेका मतदानका लागि आउन चाहाने मतदाताहरुलाई ल्याइसक्ने गरी तयारी भइरहेको राजनीतिक दलका नेता कार्यकर्ताहरुले बताएका छन् ।

चुनावका दिन सार्वजनिक सवारी साधन नचल्ने
दार्चुलासहित देशभर चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ । मतदानको दिन अत्यावश्यक सवारी साधन बाँहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन् । उम्मेदवार, उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने बताइएको छ ।

पास लिएका गाडीमा पनि परिचयपत्र बाँहेकका व्यक्ति, मतदाताहरुलाई बोक्न पाइने छैन, भने मतदान केन्द्रमा गाडि लैजान पाइने छैन् । अत्यावश्यक बाँहेकका सवारीसाधानहरु मतदनाको दिन बिहान ५ बजे देखि बेलुकी ५ बजे सम्म निषेध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?