दार्चुलाका १४३ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिए, सर्वदलिय बैठक सम्पन्न

दार्चुला । दार्चुलामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेसंग अन्य गतिविधि अगाडी बढेका छन् । आज अधिकासं मतदान केन्द्रमा सर्वदलिय बैठक बसेर आचारसंहिता, मतदान तथा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ ।

सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर आवश्यक गतिविधि अगाडी बढिसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । हिजो नै मतदान केन्द्रमा कर्मचारी पुुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँस लगायतका निर्वाचनसँग सम्बन्धित कामहरु गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । दार्चुलामा स्थानीय तह निर्वाचनमा ७२.०४ प्रतिषत मतदान भएको थियो । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् ।

जिल्ला कारागार दार्चुला र घरेलु कार्यालयमा अस्थाई मतदान केन्द्र राखिएको छ । कुनैपनि निर्वाचन केन्द्र अपाङ्गतामैत्री नबनाइएको गुनासो आएको छ । व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै हुने भएको छ । गत वैशाख ३० गते नेपाली सेनाको हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी गरेर स्थानीय तह निर्वाचन छाङरु र तिङ्करमै गरिएको थियो । अहिले व्यासमा चिसो बढेका कारण अधिकासं मतदाता खलंगा झरिसकेकोले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलंगामै गर्ने गरी तयारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?