ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका सन्तोषको परिवारलाई सहयोग

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित ग्वानिमा गत कार्तिक २३ गते भएको ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बस्ने सन्तोष डागाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अल्पायुमै ज्यान गुमाएका मिलनसार युवा सन्तोष डागाको परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै समाजसेवी लोकेन्द्र सिह डागा मिश्र, कृष्ण सिह रावल र दिपेन्द्र सिह रावल (हरि) को बिशेष पहलमा राहत रकम संकलन गरेर शनिबार आज हस्तान्तरण गरिएको हो ।

विभिन्न सहयोगि मनहरुको सहयोगमा संकलन भएको ६३ हजार ४० रुपैयाँ रकम स्वर्गिय सन्तोष डागाको छोरी र उहाँको परिवारलाई हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सहसचिव कृष्ण सिह रावलले जानकारी दिनुभयो । सहयोग संकलन अभियानका क्रममा लोकेन्द्र सिह डागा ५००, अमरसिंह धामी १०,०००, गगन सिह डागा ५००, धन बहादुर डागा २५००, लक्षण सिह डागा २०००, कृष्ण सिह रावल ५००, द्रोपती देबि डागा ९,०००, डम्बर कुमार डागा ५००, बिरेन्द्र सिह डागा १०००, दान सिह डागा ८००, नारायण दत्त भट्ट ८००, नरेन्द्र प्रसाद जोशी ५००, दिनेश राज पन्त ५००, नरेन्द्र प्रसाद जोशी ५००, भरत माल ५००, ललित धामी ५००, धन सिह डागा ५००, दिनेश बिष्ट १,०००, मानमती डागा ५००, शेर सिह भण्डारी १०००, राजेन्द्र सिह डागा, गोबिन्द रावल ५००, किरसन पश्चिमेलि १,१००, अनिल रावल १,०००, दिनेश रावल ५००, मन्धिर सिह डागा १,०००, बिक्रम सिह ठगुन्ना १,९४०, लोकेन्द्र बोहरा १०,४७३, जनक बिश्वकर्मा ५,०००, दिपेन्द्र खर्ग १,७४५, किशोर ठगुन्ना २,०००, हरिष मिश्र ८००, पदम ठगुन्ना ८००, सुरज ओखेडा १,२८०, हिमाल खड्का ५०० र चैलानी स्कुल परिवार महेन्द्रनगर कञ्चनपुरले १५०० सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?