दार्चुला । चुनाव विरोधी गतिविधि गरिरहेका दुईजनालाई दार्चुलाबाट पक्राउ गरिएको छ । विप्लव नेतृत्वको नेकपाका दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।
नेकपाको युवा संगठनका केन्द्रिय सदस्य जीवन बिष्ट र नेकपाका जिल्ला सदस्य सुरेन्द्र बिष्टलाई लेकम गाउँपालिका १ स्थित बडिपुर मावि सर्मोली मतदान केन्द्रबाट पक्राउ गरिएको उहाले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया