दार्चुला । बैतडीमा सोमबार बिहान प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेर जिपमा सवार रहेका मध्ये घटनास्थलमै मृत्यु भएका ३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । एकजनाको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
*यसअघि गलत सूचनाका कारण ६ जनाको मृत्यु भनेर खबर प्रकाशित भएकोमा क्षमाप्रार्थि हुँदै सच्याइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया