दार्चुला । दार्चुलामा आइतबार मतदान शान्तिपुर्वक सम्पन्न भएपछि मतपेटिका ढुवानी कार्य थालिएको थिए । विहान ९ बजेसम्म प्राप्त जानकारी अनुसार व्याँस गाउँपालिकाको चार वटा मतदान केन्द्र बाहेक सबै ठाउँको मतपेटिका जिल्ला सदरमुकाम खलंगा आइपुगेको छ ।
अहिलेसम्म १३९ मतदान केन्द्रको मतपेटिका मतगणनास्थल महेन्द्र नमुना माबिमा आइपुगेको बताइएको छ । बाँकी व्याँसको चार केन्द्रको मतपेटिका बाटोमा छ । सबै मतदान केन्द्रको मतपेटिका आइपुगेलगत्तै सर्वदलिय बैठब बसेर मतगणना सुरु गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दार्चुलामा ६५ प्रतिषत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दार्चुलाको मतदाता संख्या र खसेको मतको प्रारम्भीक विवरण अनुसार ८९ हजार १५४ मतदाता रहेकोमा ५८ हजार ५८ अर्थात ६५ प्रतिषत बढी मत खसेको छ । महाकाली नगरपालिकामा १३ हजार ६४३ मतदाता रहेकोमा आठ हजार ८३४ मत खसेको छ । मालिकार्जुन गाउँपालिकामा ११ हजार ४०१ मतदाता रहेकोमा छ हजार ९९८ मत खसेको छ । शैल्यशिखर नगरपालिकामा १४ हजार ५०० सय मतदाता रहेकोमा नौँ हजार ६६५ मत खसेको छ ।
लेकम गाउँपालिकामा नौँ हजार ८०५ मतदाता रहेकोमा पाँच हजार ६२३ मत खसेको छ । व्याँस गाउँपालिकामा सात हजार ९५५ मतदाता रहेकोमा चार हजार ८६५ मत खसेको छ । दुहुँ गाउँपालिकामा आठ हजार ३४४ मतदाता रहेकोमा पाँच हजार १८५ मत खसेको छ । ० अपि हिमाल गाउँपालिकामा चार हजार ६५१ मतदाता रहेकोमा तीन हजार ७७५ मत खसेको छ । मार्मा गाउँपालिकामा नौँ हजार २३३ मतदाता रहेकोमा छ हजार ३४६ मत खसेको छ । नौगाड गाउँपालिकामा नौँ हजार ७३६ मतदाता रहेकोमा छ हजार ६६७ मत खसेको बताइएको छ ।
व्याँस, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गरी पाँच पालिका रहेको दार्चुला जिल्ला प्रदेश सभा क्षेत्र नम्बर १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार ६०५ मत अर्थात ६२ प्रतिषत मतदान भएको बताइएको छ । यस्तै शैल्यशिखर, मार्मा, नौगाड र अपिहिमाल गरी चार पालिका रहेको प्रदेशसभा क्षेत्र नम्बर २ मा ३८ हजार १२० मतदाता रहेकोमा २६ हजार ४५३ मत अर्थात ६९ प्रतिषत मतदान भएको छ । मतदानका हिसाबले प्रदेश सभा क्षेत्र नम्बर १ को तुलनामा क्षेत्र नम्बर २ मा मतदातामा उत्साह देखिएको छ ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेकोमा सबैमा मतदान कार्य शान्तिपुर्वक सम्पन्न भएको थियो । आगरमा विवाद भएपनि छलफल पछि समाधान गरेर मतदान गरिएको थियो ।
व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै भएको छ । जिल्लाभरी एक हजार ६५५ जना कर्मचारी र दुई हजार बढी सुरक्षाकर्मी मतदानमा खटिएका थिए । मतपेटिका संकलन भइसकेपछि सोमबार देखि मतगणना कार्य जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ । मतगणनास्थलमा आवश्यक तयारी गरिएको छ ।
दार्चुलामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देववहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभा क्षेत्र १ मा नेकपा एमालेको तर्फबाट हरदेब जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र २ मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया