बैतडीमा मतगणना शुरु

दार्चुला । बैतडीमा मतगणना शुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न भएको निर्वाचन अन्तर्गत मतगणना कार्य शुरु भएको हो । जिल्ला अस्पताल बैतडीको नवनिर्मित भवनमा मतगणनास्थल तोकिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना संगसंगै शुरु भएको बताइएको छ ।

बैतडीमा यो निर्वाचनमा ७८ हजार ३६९ मत खसेको खसेको थियो । बैतडीमा यो निर्वाचनका लागि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् भने एमालेका तर्फबाट प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा रहेका छन् । यस्तै कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट केशवबहादुर चन्द लगायत प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी मैदानमा रहेका छन् ।

प्रदेश सभा अन्तर्गत दुई क्षेत्र रहेको बैतडीमा प्रदेश सभा क्षेत्र नं.(क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्ट, एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाल, कांग्रेसबाटै विद्रोह गरेका स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारी लगायत ६ जना चुनावी मैदानमा रहेका छन् ।

यस्तै प्रदेश सभा (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका शिवराज भट्ट, एमालेका लिलाधर भट्ट लगायत ५ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?