दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दिलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ। अपिहिमाल गाउँपालिका र व्यासँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार ५१६ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा व्याँस र अपिहिमालको मतगणना सम्पन्न भइसक्दासम्म ४४२ मतान्तर रहेको छ । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा ५८ हजार बढी अर्थात ६५ प्रतिषत मत खसेको छ । अब दुहुँ, महाकाली, मालिकार्जुन, शैल्यशिखर, लेकम, मार्मा र नौगाडको मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म अपिहिमाल र व्यासको सबै अर्थात आठ हजार ८३१ मत गणना भएको छ । जसमा आठ हजार ६७७ मत सदर र १५४ मत बदर भएको छ ।
प्रतिनिधिसभाका सबै उम्मेदवारले अहिलेसम्म पाएको मत हेर्नुहोस


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया