दार्चुलाको प्रदेशसभा सदस्यमा धामी र जोशीको अग्रता (अपडेट)

दार्चुला । दार्चुलाको प्रदेशसभा क्षेत्र नम्बर १ मा बिक्रमसिंह धामी र क्षेत्र नम्बर २ मा रामदत्त जोशीले अग्रता लिनुभएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार बिक्रमसिंह धामीले अग्रता लिनुभएको हो । धामीले पाँच हजार १६९ मत प्राप्त गर्दा एमाले उम्मेदवार हरदेब जोशीले चार हजार ३९३ मतसहित पछ्याइरहनुभएको छ । जोशीको भन्दा धामीको ७७६ मत बढी रहेको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा व्याँस र दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ । प्रदेशसभा क्षेत्र नम्बर १ अन्तरगत महाकाली, मालिकार्जुन र लेकमको मतगणना बाँकी छ ।

दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) लाई पछि पार्दै जोशीले अग्रता लिनुभएको हो । अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसक्दासम्म धामीले पाँच हजार ९१६ र जोशीले छ हजार ७३८ मत प्राप्त गर्नुभएको छ । अपिहिमाल गाउँपालिकामा धामीले ५३० मतले लिड गरेकोमा जोशीले शैल्यशिखरमा १३५२ मतले लिड गर्नुभयो । अहिले एमाले उम्मेदवार जोशी गठबन्धनका उम्मेदवार धामीभन्दा ८२२ मत अगाडी रहनुभएको छ । यद्धपी गठबन्धनले लिड गर्ने अनुमान गरिएका मार्मा र नौगाड गाउँपालिकाको मतगणना गर्न बाँकी रहेकोले प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको जित हुने दाबी गरिएको छ । एमाले र गठबन्धन दुबैले जित्ने दाबी कायमै राखेका छन् ।

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार एबं नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार ५१६ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । दार्चुलामा मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबिच निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिनिधिसभामा व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाको मतगणना सम्पन्न भइसक्दासम्म ४४२ मतान्तर रहेको छ । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा ६५ प्रतिषत मत खसेको छ । अब दुहुँ, महाकाली, मालिकार्जुन, शैल्यशिखर, लेकम, मार्मा र नौगाडको मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म अपिहिमाल र व्यासको सबै अर्थात आठ हजार ८३१ मत गणना भएको छ । जसमा आठ हजार ६७७ मत सदर र १५४ मत बदर भएको छ । सोमबार राती ९ बजेदेखि सुरु भएको मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?