दार्चुलामा २८,५१५ मतसहित कांग्रेसका बडू निर्वाचित

दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित हुनुभएको छ।

बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गर्नु भएको हो । उहाका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाउनुभयो । दार्चुलामा प्रतिनिधि सभाका लागि ५७ हजार ६६३ मत खसेको थियो ।

दार्चुलाका दुवै प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी विजयी हुनुभएको छ । प्रतक्षतर्फको मतगणना सम्पन्न भएसंगै अब समानुपातिक मतगणना गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?