बैतडीमा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीको ह्याट्रिक

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले ह्याट्रिक जित हासिल गर्नुभएको छ । गठबन्धका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँरलाई पराजित गर्दै भण्डारीले प्रतिनिधिसभामा लगातार तेस्रो जीत हात पार्नुभएको हो ।

भण्डारीले ३३ हजार ६११ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याउनुभयो । कुँवरलाई एक हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेश्रो पटक जित हात पार्नुभयो ।

दोश्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा विजय हासिल गरेका नेता भण्डारीले २०७९ मा ह्याट्रिक जित हासिल गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?