दार्चुलामा प्रदेशसभातर्फ सामानुपातिक मतगणना सकियो, एमाले पहिलो स्थानमा, कांग्रेश दोस्रो

दार्चुला । दार्चुलामा प्रदेशसभातर्फ सामानुपातिक निर्वाचन प्रणालीको मत गणना सकिएको छ । प्रदेशसभातर्फ सामानुपातिकमा कुल खसेको ५८ हजार ८६० मतमध्ये तीन हजार ७२५ मत बदर र ५५ हजार १३५ मत सदर भएका छन् ।

सदर मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले सुर्य चुनाव चिन्हमा २४ हजार ६२१ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेशको रुख चुनाव चिन्हमा १६ हजार ८००, माओबादी केन्द्रको हसिया हतौँडा चुनाव चिन्हमा १० हजार ६५६ मत प्राप्त भएको छ ।

नेकपा एकीकृत समाजवादीले एक हजार १७१ मत मात्रै पाएको छ । अन्य ३० पार्टीले दार्चुलाबाट एक हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

दार्चुलामा प्रदेशसभातर्फ सबै पार्टीले पाएको सामानुपातिक मत हेर्नुहोस

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?