दार्चुला । दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेशसभा सामानुपातिकमा ठूलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि पहिलो स्थानमा रहेको छ । कांग्रेश दोस्रो स्थान र माओबादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।
दार्चुलाका नौँ स्थानीय तहमध्ये अब दुई स्थानीय तहको सामानुपातिक मत गणना मात्रै बाँकी रहेको छ । अहिलेसम्म गणना भइसकेका सात स्थानीय तहमा खसेको ४१ हजार २३३ मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले सुर्य चुनाव चिन्हमा १७ हजार ८३२ मत प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेशले रुख चुनाव चिन्हमा १५ हजार ८७६ मत प्राप्त गरेको छ । भने नेकपा माओबादी केन्द्रले हसिया हतौडा चुनाव चिन्हमा तीन हजार ९४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् ।
सात स्थानीय तहको मतपरिणाम अनुसार सबै पार्टीले पाएको मत हेर्नुहोस



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया