दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका ४ मा मृत अवस्थामा भेटिएका नरसिंह विष्ट (नरेन्द्र) को शव आफन्तहरुले अझै बुझेका छैनन् । दार्चुला प्रहरीले जिल्ला अस्पताल दार्चुलामा शवको पोष्टमार्टम गरेको भएपनि हत्यारालाई कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै अझै आफन्तले शव बुझ्न नमानेका हुन् ।
मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मत दिन जिल्ला सदरमुकामबाट गाउँ गएका विष्टको मंसिर ३ गते राति हत्या भएको थियो । विष्टको हत्या गरेर सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो । मृतक बिष्ट दार्चुला सदरमुकाम खलंगामा व्यापार व्यवसाय गर्दै आउनुभएको थियो । बिष्टको शव भेटिएपछि स्थानीयले हत्यारालाई पत्ता लगाइ कडा कार्वाही गर्न प्रहरी समक्ष माग गर्दै आएका छन् ।
मृतकका आफन्तका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पररहेको खोलामा हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको थियो । किटानी गर्दा पनि प्रहरीले आरोपितहरु पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित छन् । प्रहरीले भने किटानी जाहेरी नआएको र अनुसन्धानका लागि निवेदन परेअनुसार अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
यो घटनाको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप लागेको छ । केही मानिसलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउनुबाहेक अन्य कार्वाही प्रकृया अघि नबढेको स्थानीयको गुनासो छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया