लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी, दार्चुलामा अन्तरक्रिया

दार्चुला । दार्चुलामा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदै छ । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ अभियान शुक्रबारदेखि शुरु भएको हो । दार्चुलामा अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रत्येक वर्षको नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर ९ गते दार्चुलाको बंगाबगरमा जनप्रतिनिधि, प्रहरी, समाजसेवी, महिला, बालबालिका तथा कर्मचारीहरुको उपस्थितिमा महिला बालबालिका बिरुद्ध हुने जबरजस्तिकरणी, बालबिबाह, बहुबिबाह लगायत घरेलु हिंसा न्युनिकरणका उपाय तथा कानूनी प्रावधान सम्बन्धि सचेतनामुलक अन्तरकृया कार्यक्रम गरिएको बताइएको छ ।

विभिन्न स्थानीय तह, सामाजिक संघसंस्था र प्रहरीको अगुवाइमा दिवस मनाइदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?