प्रदेशसभामा निर्वाचित भएपछि मन्त्री धामी गाउँ पुगे, स्थानीयद्धारा बाजागाजासहित स्वागत

दार्चुला । दार्चुलाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएका नवनिर्वाचित प्रदेशसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी निर्वाचित भएपछि आफ्नो गृह पालिका नौगाड गाउँपालिकाको सुण्डमुण्ड पुग्नु भएको छ । स्थानीयले प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका मन्त्री धामीलाई बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

आफुलाई मतदान गर्नुहुने सबै मतदातालाई धन्यवाद दिन गाउँघर पुग्नुभएका धामीलाई स्थानीयले भव्य स्वागत गरेका हुन् । मन्त्री धामीले नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका जनतालाई भेटेर धन्यवाद दिएको टोलीमा सहभागि बिक्रम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय मतदाताले धामीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री धामी संगै मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी, नेपाली कांग्रेशका क्षेत्रीय सभापति केशव बहादुर सिह लगायत नेता तथा कार्यकर्ता नौगाड गाउँपालिका पुगेका छन् । मन्त्री धामीको गाउँ सुण्डमुण्डका साथै नौगाड र मार्मा गाउँपालिकाका विभिन्न ठाउँमा विजयीसभाको आयोजना गरिएको छ ।

मन्त्री धामीले नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै प्रदेशसभामा दोस्रो पटक निर्वाचित हुनुभएको हो । धामीले २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभएको थियो । दार्चुलाबाट प्रतिनिधिसभामा कांग्रेश केन्द्रीय सदस्य एबं मन्त्री दिलेन्द्रप्रसाद बडू र प्रदेशसभा क्षेत्र नम्बर १ मा कांग्रेशकै बिक्रमसिंह धामी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?