दार्चुला । दार्चुला सदरमुकाम खलंगामा विपद तथा महामारी जन्य परिस्थितिमा विद्यालयका बालबालिकाहरुलाइ मनो-सामाजिक परामर्श सहयोग सम्बन्धी शिक्षकहरुकालागी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोग र मर्सीकोर नेपालको प्राबिधिक सहयोगमा सामुदायिक बिकास केन्द्र (CDC) डोटीको समन्वयमा आयोजित २ दिने क्षमता अभिवृद्धि तालिमको समुद्घाटन महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिरले गर्नु भएको हो । मर्सी कोर नेपालको तर्फबाट रुपा श्रेष्ठ, प्रशिक्षक हर्क ओली लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाको १३ वटा विद्यालयका ५२ जना शिक्षकहरुलाइ तालिम प्रदान गरिएको प्रादेशिक समन्वय संयोजक हर्क ऐरले बताउनुभयो । कार्यक्रम सुदूरपश्चिमको ४ वटा जिल्ला दार्चुला, बझाङ, डोटी र कञ्चनपुरमा सञ्चालित छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया