दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी लैगिंक हिसां विरुद्धको १६ दिने अभियान मनाइएको छ । अभियान अन्तरगत सोमबार (आज) गाउँपालिकाको केन्द्र रातामाटामा पालिकास्तरीय डेउडा प्रतियोगिताको आयोजना गरिएको छ । छ वटै वडाबाट नाराजुलुस तथा र्यालीसहित रातामाटा पुगेका महिलाहरुले दिनभरी महिला हिसांविरुद्ध सन्देशमुलक डेउडा खेलेका थिए । प्रतियोगितात्मक डेउडाको उपाधी वडा नम्बर ६ सिरोडाका गंगा खत्रीले पाउनुभएको छ । ११ जना डेउडीयाले प्रतिस्पर्धा गरेको प्रतियोगितामा वडा नम्बर ६ का गंगा खत्री १२१ अंक प्राप्त गर्दै प्रथम र वडा नम्बर २ का कमला जोशीले ११८ अंक प्राप्त गर्दै द्धितिय स्थान हात पार्न सफल हुनुभएको छ ।
डेउडा प्रतियोगितामा द्रोपती जोशी र भागरथी भट्टले तृतिय स्थान हासिल गर्नुभएको छ । प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने डेउडीयाहरुलाई नगद पुरस्कार, उपहार र प्रमाणपत्र प्रदान गरिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक ढंगले सन्देशमुलक डेउडा प्रतियोगिता सम्पन्न भएको मूल्याङकनकर्ता एबं हुनैनाथ माबि रातामाटाका शिक्षक निलकण्ठ जोशीले जानकारी दिनुभयो । नोबेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म मनाइने लैगिंक हिसां विरुद्धको अभियान अन्तरगत लेकमका वडादेखि पालिकासम्म विभिन्न सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको लेकम गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख एबं कार्यक्रमका अध्यक्ष कबिता जोशीले जानकारी दिनुभयो । सबै वडामा गठन भएका महिला सञ्जालहरुलाई प्रोत्साहन स्वरुप पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक एबं लेकम गाउँपालिका लेखा अधिकृत ममता बिष्टले बताउनुभयो ।
महिला हिसां विरुद्धको अभियान अन्तरगत गाउँपालिकाको केन्द्र रातामाटामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता र उपाध्यक्ष माधवी जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । लेकमका निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी, वडाअध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीहरुको आतिथ्यता रहेको कार्यक्रममा छ वटै वडाका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष माधवी जोशीले महिला विरुद्ध हुने हिसां नियन्त्रण गर्न सबै जागरुक एबं एकजुट हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष रामदत्त जोशीले महिला माथि हुने हिसांविरुद्ध महिलाहरुले नै आवाज उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
महिला बालबालिका बिरुद्ध हुने घरेलु हिसां, जबरजस्तिकरणी, बालबिबाह, बहुबिबाह लगायत हिंसा न्युनिकरणका उपाय तथा कानूनी प्रावधान सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरी डिसेम्बर १० तारिकसम्म महिला हिसां विरुद्धको अभियान सञ्चलनमा रहेको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया