भारतले महाकालीमा बाँध बनाएपछि रवि लामिछानेको आक्रोश– ‘हस्तक्षेप स्वीकार्य छैन’

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षको ज्यादती स्वीकार्य नहुने बताउनुभएको छ । आज सोमवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरेर भारतले अनधिकृत पक्की संरचना बनाएको भन्दै त्यसको विरोध गर्नुभएको हो । नदी बहाव फर्काउने कुराको विरोध गर्दा भारतीय पक्षबाट हानेको ढुङ्गा लागी बालबालिका घाइते हुँदा पनि सरकारले देखिने गरी केही नगरेको भन्दै उहाँले नेपाल सरकारको पनि विरोध गर्नुभएको छ ।

नेपाली राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको र अब नयाँ शिराबाट कुरा गर्नुपर्ने भन्दै अध्यक्ष लामिछानेले दार्चुला, काठमाण्डौ वा दिल्ली कहाँ भेट्ने हो तय गर्नुपर्ने बताउनुभएको छ । निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नभएको लामिछानेले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन तथा आफ्नो हक जोगाउन सरकार किन सक्दैन भनेर प्रश्नसमेत गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आजै विज्ञप्ति निकालेर दार्चुला घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय बलमिच्याइँको चौतर्फी विरोघ हुँदा समेत सरकार मौन बसेको छ ।

रबिले लेखेको स्टाटस यस्तो छ

त्यहि महाकाली नदिमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका जयसिंह धामी महाकाली नदिमा र हराउँछन् सँधैका लागि । त्यहि महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यहि महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहिँ कतै देखिदैन । वर्षौंको यो निरिहताको कारण के होला? आफ्नो सिमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सिमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तराष्ट्रिय सन्धी सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ।नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?