लेकम गाउँपालिकामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न, शंकरपुर माबि पस्ती प्रथम

लक्ष्मी भाट, दार्चुला । अध्यक्ष वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रम अन्तरगत लेकम गाउँपालिकामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञान प्रदर्शनी प्रतियोगितामा जिल्लाका विभिन्न १२ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये शंकरपुर माबि पस्ती प्रथम, हुनैनाथ माबि रातामाटा द्धितिय र महेन्द्र नमुना माबि खलंगा तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् । प्रथम पुरस्कार १५ हजार ५५५, द्धितिय पुरस्कार १० हजार ५५५ र तृतिय पुरस्कार पाँच हजार ५५५ नगदसहित प्रमाणपत्र राखिएको थियो । अन्य ९ वटा विद्यालयलाई सान्त्वना पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक मनोज जोशीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशबराज ओझाको अध्यक्षतामा आयोजित विज्ञान प्रदर्शनी कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता र उपाध्यक्ष माधवी जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यार्थीहरुले पदर्शनीस्थलमा आफुले तयार पारेका यन्त्र तथा उपकरणहरुको प्रयोगात्मक प्रस्तुती गरेका थिए । कक्षा ९ र १० मा अद्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको प्रदर्शनीमा गोकुलेश्वर क्याम्पसका विज्ञान शिक्षकहरुले मूल्यांकन गरेका थिए ।

प्रथम स्थान प्राप्त गर्ने शंकरपुर माबि पस्तीका विद्यार्थी महेश गिरीले आफुले तयार पारेको यन्त्र प्रदर्शन गर्ने अवसरका लागि लेकम गाउँपालिकालाई धन्यबाद ज्ञापन गर्दै अन्य स्थानीय तहहरुले पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । प्रदर्शनीमा जेसिबि मेसिन, जलविद्युत उत्पादन गर्ने उपकरण, मकै छेड्ने मेसिन, एटिएम मेसिन लगायत उपकरणहरु राखिएको थियो । कार्यक्रमका अतिथिहरुले गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै शैद्धान्तिकसंगै प्रयोगात्मक शिक्षण सिकाईमा विद्यालयहरुले जोड दिनुपर्ने धारणा राखेका थिए । विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीसंगै जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरोकारवालाहरुको विज्ञान प्रदर्शनी कार्यक्रममा उपस्थिति रहेको थियो ।

लोकेन्द्र प्रसाद जोशी

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?