लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन, खलंगामा फलफुल र पोशाक वितरण

दार्चुला । दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । नोबेम्बर २५ देखि डिसेम्बर १० तारिक अर्थात मङ्सिर ९ गतेदेखि २५ गतेसम्म मनाइएको लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत विभिन्न स्थानीय तहमा सन्देशमूलक कार्यक्रमको आयोजना गरिएको हो ।

महाकाली नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरुलाई फलफुल र महेन्द्र नमुना माबिमा आश्रीत १३ जना बालबालिकालाई जुत्ता र पोशाक वितरण गरिएको छ । नगरउपप्रमुख दुर्गा कुमारी खत्री बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख नरसिंह चैसीरको प्रमुख आतिथ्यता रहेको थियो । महिलाअधिकारकर्मीहरु गौरी बडाल, हिरादेबी अवस्थी, राधिका अवस्थी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला कुवँर लगायतको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत लालजिरा भट्टले जानकारी दिनुभयो ।

अभियान अन्तरगत शुक्रबार दुहुँ गाउँपालिकामा महिलाहरुलाई लैंगिक हिंसा नियन्त्रण सम्बन्धि जनचेतना प्रदान गरिएको छ । पछिल्लो समय महिला माथी हुने सबै प्रकारका हिंसाहरु न्युनिकरणका लागि महिला आफै सचेत र सक्षम हुनुपर्नेमा अधिकारकर्मी गौरी बडालले जोड दिनुभयो । अहिलेसम्म महिलाहरुले हिंसा सहन गर्नाले मात्रै हिंसाका घट्नाहरु खासै बाहिर नआउने गरेको पाइएको छ, उहाँले भन्नुभयो, हिंसा नियन्त्रण गर्न पितृसत्तात्मक सोच र समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । १०६ जना महिलाको सहभागिता रहेको उक्त कार्यक्रममा अधिवक्ता कृष्णसिंह महराले लैंगिक हिंसा न्युनिकरण गर्ने उपाय तथा कानुनी प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।

लेकम गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । अभियान अन्तरगत सोमबार रातामाटामा पालिकास्तरीय डेउडा प्रतियोगिताको आयोजना गरिएको थियो । छ वटै वडाबाट नाराजुलुस तथा र्यालीसहित रातामाटा पुगेका महिलाहरुले दिनभरी महिला हिसांविरुद्ध सन्देशमुलक डेउडा खेलेका थिए । ११ जना डेउडीया सहभागि प्रतियोगितात्मक डेउडाको उपाधी वडा नम्बर ६ सिरोडाका गंगा खत्रीले पाउनुभयो । अभियान अन्तरगत लेकमका सबै वडामा महिला सञ्जाल गठन र सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको लेकम गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कबिता जोशीले बताउनुभयो ।

अभियान अन्तरगत विभिन्न पालिकामा महिला बालबालिका बिरुद्ध हुने घरेलु हिंसा, जबरजस्तिकरणी, बालबिबाह, बहुबिबाह लगायत हिंसा न्युनिकरणका उपाय तथा कानूनी प्रावधान सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?