एमाले दार्चुलाले भन्योः गठबन्धन, आर्थिक चलखेल, सत्ता र आन्तरिक कमजोरीले पराजित

दार्चुला । नेकपा एमाले दार्चुलाको चुनावी समिक्षा विशेष जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । बैठकले विशेषगरी सुदृढ गठबन्धन, आर्थिक चलखेल, सत्ताको दुरुपयोग र कमिटी परिचालनमा कमजोरी भएका कारण पराजित हुनुपरेको निर्कष निकालेको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा आयोजित बैठकमा एमाले पोलिटब्युरो सदस्य एबं प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश कमिटी उम्मेदवार हरदेब जोशी, प्रदेश र जिल्ला कमिटी नेताहरुको सहभागिता रहेको बैठकमा चुनावी समिक्षाका साथै अगामी रणनीतिका विषयमा गहन छलफल भएको जिल्ला कमिटी उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । बैठकले चुनावको विस्तृत समिक्षा गरि प्रतिबेदन पेस गर्न छानबिन समिति समेत गठन गरेको छ ।

मत संरक्षण गर्न नसक्नु तथा स्थानीय तह जितेका पालिकामा समेत एमालेको मत कटौती हुनुको कारण खोज्ने तथा पार्टीको नीति विपरीत काम गर्ने, निष्कृय बस्ने, पार्टी बिरोधी काममा लाग्ने नेता, कार्यकर्तालाई छानबिन गरी कार्वाही सिफारिस गर्न तीन सदस्यिय कार्यदल गठन गरिएको हो । इन्द्रसिंह बिष्टको संयोजकत्वमा गठित कार्यदलमा गंगादत्त जोशी र उमेश जोशी सदस्य रहेका छन् । संघ र प्रदेशबाट कमिसनमा योजना ल्याउने, भ्रष्टाचार गर्ने र सो पैसा चुनावमा प्रयोग गर्ने परिपाटी अन्त्य गर्न नेकपा एमालेले जितेका स्थानीय तहमा यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई उपभोक्ता समितिमा सिफारिस नगर्ने र वास्तविका जनतालाई लाभ हुने गरी उपभोक्ता समिति गठन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । व्यासका नरसिंह बिष्टको हत्याकाण्डको निस्पक्ष छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

जिल्ला कमिटी बैठकपछि आजै पार्टी निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले आफुले अगाडी बढाएका जिल्लाका महत्तपूर्ण पुर्वाधार निर्माणका कामबारे जानकारी समेत गराउनुभयो । सीमा, सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, विमानस्थल, सञ्चार लगायत विभिन्न क्षेत्रमा आफुले गरेका कामबारे जानकारी गराउदै पूर्वमन्त्री समेत रहनुभएका नेता ठगुन्नाले अगामी दिनमा निरन्तर जिल्लाको विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।

पत्रकारहरुलाई आफुले गरेका पहल र भएका निर्णयका फोटोकपी पत्रहरु वितरण गर्दै उहाँले भन्नुभयो, दार्चुलाको अतिक्रमित भूमि नक्सामा समेट्ने देखि सीमा सुरक्षाका विषयमा पटकपटक संसदमा आवाज उठाएको, दार्चुला तिकंर सडकमा तीन अर्ब ९७ करोड बजेट सुनिश्चितता गर्दै बहुबर्षे ठेक्का गराएको र महाकाली करिडोर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको, नेपाल भारत विभिन्न स्थानमा तुइन र ट्युब बिस्थापन कार्यक्रम अन्तरगत महाकालीमा पुलहरु निर्माण गरिएको, दार्चुलाभरी विद्युतिकरणका लागि ठेक्का प्रकृया अगाडी बढाएर काम सुरु हुने चरणमा रहेको, निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तरगत खलंगा खार देथला बिटुले पारीबगर खण्डेश्वरी सडक निर्माण तथा २० किलोमिटर कालोपत्रेका लागि अगाडी बढाएको, गोकुलेश्वर विमानस्थल निर्माणको बहुबर्षे ठेक्का गराएर काम सुरु गराएको लगायत थुप्रै महत्तपूर्ण कामहरु आफ्नो पहल र नेकपा एमाले सरकारको कार्यकालमा भएको ठगुन्नाले बताउनुभयो ।

प्राविधिक कारणले निर्वाचनमा पराजित हुनुपरेपनि दार्चुलाको अधिकासं जनता एमालेको पक्षमा रहेको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी संगठन विस्तार, सुदृढिकरण र सुद्धिकरणको अभियान चलाउदै वडा र पालिका तहका अधिबेसनहरु छिटै आयोजना गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?