खलंगास्थित महाकाली नदी किनारमा महिलाको शव फेला

दार्चुला । दार्चुला सदरमुकाम खलंगा नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँ (भारततर्फ) फेला परेको एक स्थानीयले बताउनुभयो । भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएको शव निकालेर पोस्टमार्टमका लागि पिथौरागढ जिल्लाको धार्चुला अस्पतालमा लगेको जनाइएको छ ।

नदीले ती महिलालाई कसरी बगायो भन्नेबारे यकिन जानकारी आइनसकेको र यसबारे अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?