दार्चुला । आजदेखि दार्चुला सहित सुदूरपश्चिमका सबै जिल्लामा विद्युत सेवा अनियमित भएको छ । शनिबारदेखि ६ दिनसम्म विद्युत् सेवा अनियमित हुने अत्तरिया ग्रिड शाखाले सूचना मार्फत जानकारी गराएको छ ।
अत्तरीया शाखाको सूचना अनुसार विद्युत सेवा अनियमित भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । अत्तरिया ग्रिड शाखाअन्तर्गत स्याउले अत्तरिया १३२ केभी प्रसारण लाइनको मर्मत सम्भारको काम गर्नुपर्ने भएपछि आजदेखि विद्युत् सेवा अनियमित भएको हो ।
शनिबारदेखि यही पुस १५ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने बताइएको छ । विद्युत सेवा अनियमित हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया