आईतबार थप आठ सय १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ हजार नौ सय ३५ पुग्यो

दार्चुला। नेपालमा थप आठ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।

पछिल्लाे  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार नाै सय ३५ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप दुइ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार छ सय ३१ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?