सरकारले मूल्य तोक्न ढिलाई गर्दा सुदूरपश्चिमका कृषक सस्तोमै धान बेच्न बाध्य

दार्चुला। सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्न ढिला गर्दा सुदूरपश्चिमका कृषकले यस वर्ष पनि सस्तोमै धान बेच्न बाध्य भएका छन् ।

सरकारले मूल्य तोक्न ढिलाई गर्दा धान डिपोहरु खाली देखिएका हुन् । धान खरिदको सरकारी लक्ष्य पनि पूरा नहुने देखिएको छ ।

सदाझैँ ढिलो गरी धानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारले २०७७ सालमा मात्रै समयमै समर्थन मूल्य तोकेको थियो । त्यो बेला खाद्य, ब्यवस्था तथा व्यपार कम्पनीको धनगढीस्थित मोहनपुर खरिद डिपोमा धान बिक्री गर्न आउने कृषकको भीड थियो । तर यस वर्ष धानको न्यूनतम समर्थन मूल्य तोकिएपछि यो डिपो सुनसान जस्तै छ । धान बिक्री गर्न कृषकको लाइन हुनु पर्नेमा यसवर्ष केही संख्यामा मात्रै धान बिक्री गर्न आउने कृषक देखिन्छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै नतोकेकै कारण कृषकले गल्ला व्यपारी कहाँ सस्तो मूल्यमा धान बेचिसकेका छन् । अहिले केही बचेको धान लिएर कृषक खाद्य, ब्यवस्था तथा व्यपार कम्पनीको खरिद डिपोमा पुगेको कृष्णपुर–८ का कृषक जिउलाल चौधरीले बताउनुभयो ।

असोज अन्तिमतिर धान भित्र्याएका कृषक दुई महिनापछि सरकारबाट न्यूनतम समर्थन मूल्य पाउँदा निराश छन् । धान भित्र्याएसँगै गहुँ लगायत तरकारीहरु लगाउनुपर्ने बेलामा सरकारबाट धान खरिदनै नभएपछि प्रति क्विन्टल ७ सय रुपैयाँ सस्तोमा धान बिक्री गरेका छन् । घर खर्च चलाउनेदेखि हिउँदे खेतीका लागि कृषकले बाध्य भएर २ हजार २ सय रुपैयाँ क्विन्टल धान गल्ला व्यापारी कहाँ बिक्री गरेको कृष्णपुर–८ का कृषक परशुराम चौधरी र पुरन रानाले बताएका छन् ।

यता धानको न्यूनतम समर्थन मूल्य सरकारले तोकेसँगै मंसिर २६ गतेदेखि खाद्य, ब्यवस्था तथा व्यापारी कम्पनीले आफ्ना खरिद र बिक्री डिपोबाट धान खरिद गरिरहेको छ । टिकापुर, सत्ती र मोहनपुर गोदामबाट धान खरिद गरिरहेको कम्पनीको सुदूरपश्चिम कार्यालयले ४० हजार क्विन्टल खरिद गर्ने लक्ष लिएको छ । हालसम्म २ हजार क्विन्टल खरिद भएको जानकारी दिँदै कार्यालयले खरिद लक्ष पूरा हुने खाद्य, व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख इन्जिला बस्नेतले दावी गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?