दार्चुला । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
सूचना प्रविधि तथा सञ्चारमन्त्री नबनेसम्मका लागि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उहाँले उक्त प्रस्ताव अस्वीकार गर्नुभएपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया