दार्चुला । अनेरास्ववियु दार्चुलाको सचिवालय बैठक जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटी दार्चुला सचिवालय कमिटीको दोस्रो बैठक पुस १४ गते विहिबार दार्चुला बिकास संगठनको हलमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
अनेरास्ववियु दार्चुलाका अध्यक्ष गणेश सामन्तको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका उप सचिव खडकसिह बडालकोे प्रमुख आतिथ्यतामा आयोजित बैठकमा अनेरास्ववियुका दार्चुला इन्चार्ज खेमराज जोशी र सहइन्चार्ज गोबिन्द धामी लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले त्रिभुवन विश्वविद्मालय विद्यार्थी कल्याण शाखाले प्रस्ताव गरेको स्वतन्त्र विद्मार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीको लागि त्रिवि अन्तरगतका क्याम्पसहरुमा तयारी बैठक/भेला गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । लटिनाथ क्याम्पस मार्मामा नरेन्द्र प्रसाद जोशी, कृष्ण स्नातक क्याम्पस लालीमा भरत सिह ठगुन्ना, शंकरपुर क्याम्पस पस्तीमा रेसिका धामी, रास्ट्रिय क्याम्पस दत्तुमा सुरेन्द्र जोशी र अपि नम्पा क्याम्पस हुतीमा कृष्ण धामीले बैठक भेलाको संयोजन गर्ने गरी जिम्मेवारी बाडफाँड गरिएको अनेरास्ववियु दार्चुलाका कार्यवाहक अध्यक्ष नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । क्याम्पसहरुमा भेल ागर्न सम्बन्धित भुगोलमा रहेका केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्य लगायतलाई समेत जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाको दैनिक कार्य सञ्चालनका लागि अर्को व्यवस्था नहुन्जेल सम्म नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको तल्लो तलामा रहेको कोठाबाट दैनिक काम कार्वाही अगाडी बढाउने निर्णय गरिएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाको आर्थिक व्यवस्थापन अन्तरगत ग्लोबल आईएमई बैंक दार्चुला शाखामा अध्यक्ष गणेश सामन्त, सचिव नरेन्द्रप्रसाद जोशी, कोषध्यक्ष कृष्ण धामी मध्ये सचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाका अध्यक्ष गणेश सामन्तको कार्यव्यस्तताको कारण संगठनका नियमित काम अगाडि बढाउन संगठनका सचिव नरेन्द्रप्रसाद जोशी लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संगठनका केन्द्रिय अध्यक्ष सुनिता बराल लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै नेकपा एमालेका सुदूरपशिचम प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशीका पुजनिय बुबा स्वर्गिय नरिदत्त जोशी, अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाका सदस्य एवं लेकम गाउँपालिका कमिटी संयोजक अनिल गिरीका पुजनिय बुबा स्वर्गिय कृष्ण गरी र अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाका कोषध्यक्ष कृष्ण धामीका हजुरबुवा स्वर्गिय कल्यानसिह धामीको निधनका शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको अनेरास्ववियु दार्चुलाका कार्यवाहक अध्यक्ष नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया