दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना महिला घाइते भएका छन् । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुरका इश्वरी जोशी र माहाना जोशी घाइते भएका हुन् ।
घाइतेमध्ये अम्कुरको भम्क बस्नुहुने इश्वरी जोशी गम्भीर घाइते रहेको लेकम गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो । लेकमको केन्द्र नजिकै रातामाटामा आज माटो खन्ने क्रममा अम्कुर बस्ने इश्वरी जोशी माटोको डिस्कोले पुरिएर गम्भीर घाइते हुनुभएको छ, उहाँले भन्नुभयो, घाइते जोशीलाई उद्धार गरेर लेकम गाउँपालिकाको एम्बुलेन्सबाट उपचारको लागि गोकुलेश्वर पठाइएको छ ।
अर्का घाइते माहाना जोशीको अवस्था सामान्य रहेको र बढी चोट लागेका इश्वरी जोशीलाई गोकुलेश्वर अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया