अपिहिमालको कुर्मुल खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न

दार्चुला । अपिहिमाल गाउँपालिकामा रहेको कुर्मुल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ । अपिहिमाल गाउपालिका वडा नम्बर ३ र ४ को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कुर्मुल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अन्तराम ठेकरेको अध्यक्षता तथा अपिहिमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ०४ का वडा अध्यक्ष रविन्द्र सिंह बोहराको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभामा अपिहिमाल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष उर्मिला बोहरा, कार्यपालिका सदस्य राईमति ठेकरे, प्रेमराम टमटा, अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदन राज जोशी, अपिहिमाल गा।उँपालिका बिपत व्यवस्थापन अधिकृत पान सिह धामी, जलस्रोत अधिकृत करन सिंह बुढाथोकी, खण्डेश्रवरी माविका विव्यस अध्यक्ष उद्धव सिह बोहरा, निमित्त प्रधानाद्यापक लक्ष्मण सिह बोहरा लगायतको आतिथ्यता रहेको थियो ।

उपभोक्ता समिति अध्यक्ष ठेकरेका अनुसार गत बर्षको मौज्याद चल्ति खातामा एक लाख १२ हजार ४२८ र मुद्वति खातामा मौज्याद सात लाख ९२ हजार ४२८ रुपियाँ रहेको छ । चालु आर्थिक बर्षको जम्मा आम्दानी रू एक लाख ७९ हजार २८३ र खर्च एक लाख छ हजार ९०५ रहेको उहाँले बताउनुभयो । हालसम्म जम्मा रु. १० लाख ८४ हजार १३९ मल्देश बचत तथा ऋण सहकारी संस्थामा मौज्याद रहेको र ६० हजार सेयर लगानी रहेको समितिले जनाएको छ ।

आर्थिक प्रगति प्रतिवेदन, शुभकामना मन्तव्य र विभिन्न सास्कृतिक प्रस्तुतिका साथ साधारणसभा सम्पन्न भएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा निमित्त प्रम्ख मदनराज जोशीले बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?