ह्वात्तै बढ्यो चिसो, दार्चुलाको जनजीवन प्रभावित

दार्चुला । दार्चुला लगायत विभिन्न हिमाली जिल्लामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । केही दिनयता बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ। चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढेको हो ।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धबृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिने जोखिम रहेकोले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । चिसो ह्वात्तै बढेपछि हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

विहान बेलुकीको समयमा धेरै चिसो हुने गरेको छ, स्थानीय केशव जोशीले भन्नुभयो, हिजोदेखि पारिलो घाम समेत लाग्न छोडेको छ । बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको चालकहरु बताउछन् । चिसोले घर बाहिर निस्किनै समस्या भएको छ, उहाँले भन्नुभयो, जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे काम समेत प्रभावित भएका छन् । जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन् ।

चिसोबाट जोगिन दाउराको आगो र हिटर बालेर बस्नुपरेको स्थानीयको भनाई छ । चिसो हावा चलिरहेकोले घर बाहिर निस्कन समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?