दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका विभिन्न विद्यालयमा नयाँ व्यवस्थापन समितिहरु गठन भइरहेका छन् । यसैक्रममा लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको केदारनाथ आधारभुत बिद्यालय बित्थडको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
गणेश सिंह बिष्टको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । व्यवस्थापन समिति सदस्यहरुमा प्रेम सिंह साउद, लिलावति बिष्ट, रेवती साउद, खगेश्वोरी बोहरा, नरेन्द्र रावल रहेका छन् । यस्तै वडा प्रतिनिधिबाट वडासदस्य माधब साउद र शिक्षक प्रतिनिधिमा रतन राम लावड चयन भएको नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बिष्टले जानकारी दिनुभयो ।
शिक्षा नियमावलि अनुसार व्यवस्थापन समितिको म्याद सकिएका विद्यालयहरुले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिरहेका हुन् । केही दिनयता लेकमका दर्जनबढी विद्यालयहरुमा नयाँ व्यवस्थापन समिति चयन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया