दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका विभिन्न विद्यालयमा नयाँ व्यवस्थापन समितिहरु गठन भइरहेका छन् । आइतबार (आज) लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा रहेको हुनैनाथ माबि कुणीमा भएको ११५ जना अभिभावकहरुको भेलाले नयाँ व्यवस्थापन समिति चयन गरेको छ । निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा आयोजित भेलाबाट ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति र ११ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयका शिक्षक चन्द्र जोशीले जानकारी दिनुभयो ।
भेलाबाट बहादुर सिंह खत्रीको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । सदस्यहरुमा आनसिंह धामी, माया धामी, कलसा जोशी, अम्बादत्त भट्ट, शिवराज जोशी, भास्कर भट्ट र गिता सार्की तथा सदस्य सचिवमा प्रधानाद्यापक अम्बादत्त जोशी चयन हुनुभएको छ । यस्तै पदमसिंह धामीको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरिएको शिक्षक जोशीले बताउनुभयो ।
यसैबिच लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको केदारनाथ आधारभुत बिद्यालय बित्थडको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । गणेश सिंह बिष्टको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया