दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता, ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दार्चुला, पुस २३ गते । व्याँस गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । व्याँस गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो । घटना बिहीबार दिउँसोतिर भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने उक्त घटनाबारे यकिन जानकारी नभएको बताएको छ । प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु
व्याँस गाउँपालिका–५ धौलाकोट नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । व्याँस गाउँपालिकाको केन्द्र सुन्सेराबाट हिकिलातर्फ आउने क्रममा शुक्रबार राति ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटनामा दुँहु गाउँपालिका–२ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको हो । शुक्रबार राति करिब साढे ९ बजेतिर ट्याक्टर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

ट्याक्टर दार्चुला–तिंकर सडक खण्डबाट करिब सात सय मिटर तल खसेको उहाँले बताउनुभयो । ट्याक्टर मालिकसमेत रहेका बडाल आफैंले चलाउँदा शुक्रबार राति ट्याक्टर दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?