नौगाडमा लघुजलविद्युत आयोजना सम्बन्धि ऐन तर्जुमा गर्न अन्तरक्रिया

दार्चुला । नौगाड गाउँपालिकामा लघुजलविद्युत आयोजना सम्बन्धि ऐन तर्जुमा गर्न अन्तरक्रिया गरिएको छ । नौगाड गाउँकार्यपालिकाको कार्यालय, होपरीगाडमा लघु जलविद्युत आयोजना नियमन, व्यवस्थापन र संचालन सम्बन्धी ऐन तर्जुमा गर्न सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको कृषि तथा पशुपन्छि विकास शाखा अधिकृत प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिह धामीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजितसिंह धामीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगत ठगुन्नाको विशिष्ट आतिथ्यता रहेको थियो । गाउँकार्यपलिका सदस्यहरु, गाउँपालिकाभरी सन्चालित सबै लघु जलविद्युत सन्चालक समितीका पदाधिकारीहरु, नौगाड गाउँपालिकाका विभिन्न शाखाका प्रमुख र अन्य कर्मचारीका साथै उपभोक्ताहरुको सहभागिता रहेको अन्तरक्रियामा गाउँपालिकाभरी सन्चालित लघु जलविद्युतमा देखिएको समस्यहरुको पहिचान गरि आबश्यक सहयोग गर्ने विषयमा छलफल भएको छ ।

लघु जलविद्युतलाई २४ सैँ घन्टा चलायमान बनाउने, लघु जलबिधुतमा चाहिने आबस्यक मेसिनहरुमा आबस्यक सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाको तर्फबाट गरिएको छ । नौँगाड गाउँपालिकामा दुई बर्ष भित्र पालिकाभरी बिजुलिको पहुँच पुगाउने प्रतिबद्धता रहेकोले सबैलै आ आफ्नो ठाउँबाट साथ र सहयोग गर्न गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?